नियम ७
प्रवेश नाकामा प्रवेश अनुमति लिने
“(१) कुनै व्यक्ति वा संस्थाले ऐनको दफा ७ बमोजिम बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेन्ट वा लाभदायक कीरा, माटो, झ्याउ, पीट लगायतका बिरुवा हुर्कने माध्यम, जर्मप्लाज्म, जीवित परिमार्जित वस्तु, अनुवांशिक परिमार्जित वस्तु वा ट्रान्सजेनिक पदार्थ पैठारी गर्ने गरी प्रवेश नाकामा ल्याई त्यस्ता वस्तुको क्वारेन्टाईन सम्बन्धी आवश्यक कार्य गरी पाउन र नेपाल भित्र प्रवेशको लागि छोडपूर्जी लिन अनलाइन प्रणाली मार्फत प्रज्ञापनपत्र भर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्रज्ञापनपत्र भरी सकेपछि सम्बन्धित व्यक्ति वा संस्थाले प्रज्ञापनपत्रसँग सम्बन्धित देहायका कागजात सम्बन्धित कार्यालयमा पेश गर्नु पर्नेछ:-
(क) नियम ५ को उपनियम (१) बमोजिम पेश गरेका सक्कलै कागजात तथा उपनियम (२) वा (४) बमोजिम लिएको पेठारी प्रवेश अनुमतिपत्र,
(ख) व्यावसायिक बिल बीजक (कमर्सियल इन्भ्वाइस) को प्रतिलिपि,
(ग) पेठारी गर्न लागिएका उपनियम (१) बमोजिमका वस्तुको निकासी गरिने मुलुकबाट जारी भएको बिरुवा स्वस्थता प्रमाणपत्र । ”
(३) उपनियम (१) बमोजिम पेश हुन आएको प्रज्ञापनपत्र तथा सोसाथ संलग्न कागजातको आवश्यक जाँचबुझ गर्दा छोडपूर्जी दिन मनासिब देखिएमा कार्यालयले पैठारी गरिने वस्तुको आवश्यक नमूना लिई स्वस्थता परीक्षण गर्नको लागि प्रयोगशालामा पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्राप्त नमूनाको प्रयोगशालामा परीक्षण गर्दा पैठारी गरिएको वस्तु स्वस्थ भएको पाइएमा कार्यालयले त्यस्तो वस्तु नेपालभित्र प्रवेश गराउन
अनुसूची–९ बमोजिमको ढाँचामा छोड़ पूर्जी दिनेछ । (५) उपनियम (३) बमोजिम लिएको नमूना प्रयोगशालामा परीक्षण गर्दा त्यस्तो
नमूनामा क्वारेण्टाइन शत्रुजीव रहेको पाईएमा पैठारी गरिएको वस्तु नियम १५ बमोजिम नष्ट गर्नु पर्नेछ र सो बाहेकको अन्य अस्वस्थता पाईएमा पैठारी गरिएको वस्तु नियम १३ बमोजिम उपचार गर्न पठाईने वा पैठारीकर्ताको अनुरोधमा सोझै नियम १५ बमोजिम नष्ट गरिनेछ ।
(६) नियम १३ बमोजिम उपचार गराए पश्चात् पैठारी गरिएको वस्तु स्वस्थ भएको पाईएमा कार्यालयले त्यस्ता वस्तु नेपालभित्र प्रवेश गराउन उपनियम (४) बमोजिम छोड़ पूर्जी दिनेछ ।
(७) नियम १३ बमोजिम उपचार गराउँदा पनि पैठारी गरिएका वस्तु स्वस्थ भएको नपाईएमा कार्यालयले त्यस्ता वस्तुलाई नियम १५ बमोजिम नष्ट गर्ने वा त्यस्तो वस्तु सम्बन्धित देशमा फिर्ता गर्नु गराउनु पर्नेछ ।
(८) अनुसन्धान प्रयोजनका लागि पैठारी गरिएका बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा पोष्ट इण्ट्री क्वारेण्टाइन स्थलमा राखी परीक्षण गर्नु पर्नेछ र यसरी परीक्षण गर्दा त्यस्ता वस्तु स्वस्थ रहेको पाईएमा कार्यालयले नेपालभित्र प्रयोग गर्न गराउन अनुमति दिनेछ । तर त्यस्तो वस्तु संक्रमित रहेको पाईएमा नियम १५ बमोजिम नष्ट गरिनेछ ।